Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा ४३ जना नयाँ संक्रमित थपिए

हाम्रो कोशी आवाज
साउन २० २०७७, मंगलबार
प्रदेश १ मा ४३ जना नयाँ संक्रमित थपिए

विराटनगरः प्रदेश १ मा ४३ जना नयाँ संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा ८ जना संक्रमण देखिएको छ ।
विराटनगरमा देखिएको संक्रमित मध्ये कोशी अस्पतालका स्टाफ नर्ससहित तीन जनामा संक्रमण देखिएको छ । दुई जना नर्स र एक जना सफाइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको कोशी अस्पतालका सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए । कोशी अस्पतालका तीन कर्मचारीसहित विराटनगरमा मंगलबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मंगलबार झापामा ८ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, सुनसरीमा ११ पुरूष र १ महिला गरी जम्मा १२ जना, इलाममा २ पुरूष र जिल्ला नखुलेका १ जना कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति: साउन २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend