Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहाडको ताप्लेजुङमा मात्रै देखियो लाखे जात्राको रौनक (१९ फोटो)

हाम्रो कोशी आवाज
साउन २० २०७७, मंगलबार
पहाडको ताप्लेजुङमा मात्रै देखियो लाखे जात्राको रौनक (१९ फोटो)

ताप्लेजुङः ताप्लेजुङमा लाखे जात्राको रौनक शुरू भएको छ ।
नेवार समुदायको धार्मिक र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध रहेको लाखे जात्राको रौनकले यतिवेला ताप्लेजुङको सदरमुकामका चोक, गल्ली, बजारहरू गुञ्जायमान बन्ने भएको छ ।
नेवार समुदायका अग्रज तथा युवाहरू भेला भएर लाखेजात्रामा ढोल, झ्याम्टा बजाउँदै, नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय सांस्कृतिक र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गरिन्छ । यसैगरी जिल्लामा जिल्ला सदरमुकाम र गाउँघरमा गाउँको परिक्रमा गराइन्छ ।
स्थानीय युवाहरू संस्कृति र परम्परा संरक्षणको अभियान स्वरूप कृष्ण शुक्ल पक्षको नाग पञ्चमीदेखि ताप्लेजुङमा जिल्लाको सदरमुकाम फुङलिङ बजारमा नेपाल भाषा तथा सांस्कृतिक समाजका अगुवाइमा एक महिना प्रत्येक वर्ष लाखे जात्रा प्रदर्शन गरिरहेका छन् ।
नेवार समुदायमा प्रचलित लाखे नाच ताप्लेजुङमा निकै लोकप्रिय छ, विस्तारै सरोकारवाला र स्थानीय सरकारले आर्थिक रुपमा बजेट छुट्याउन थालेको नेपाल भाषा तथा संकृतीक समाजका अध्यक्ष शंगर श्रेष्ठ बताए । ताप्लेजुङको सदरमुकाममा मात्र नभएर सिदिङवा गाउँपालिकाको साब्लखु बजार, मेरिदेन गाउँपापिकाको दोभान बजार, आठराई त्रिवेणी गाउँपालिको फुलबारी गाउँ र मैवाखोला गाउँपालिकाको साघँ गाउँमा लाखे जात्रा लाग्र्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । लाखे जात्रा द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमुना भएको पुराना बुढापाकाको भनाइ छ ।
अहिले यो पर्व साझा बनेको छ । जिल्लामा नेवार समुदाय मात्रै नभएर अन्य जातजातिले पनि लाखे नाच्ने थालेको पाइएको छ । ढोल, ढोलकी, झ्याम्टा बजाउँदै हिँड्ने गर्न थालेकोले पनि यो पर्व साझा बन्दै गएको छ ।
फोटोः दिलकुमार

प्रकाशित मिति: साउन २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानको विश्वकर्मा मन्दिरमा यस वर्ष पूजा गर्नेको भीड लागेन (फोटो फिचरसहित)

    धरानः धरानस्थित विश्वकर्मा मन्दिरमा सधैंको वर्षझैं यसवर्ष भीड लागेन । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पनि यस वर्ष भक्तजन घटेको हुनसक्ने लाङघाली टोल विकास...

    • १९ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend