Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशीमा दुईजनाको मृत्यु, मृत्यु भएपछि कोरोनाको रिपोर्ट

हाम्रो कोशी आवाज
साउन २१ २०७७, बुधबार
कोशीमा दुईजनाको मृत्यु, मृत्यु भएपछि कोरोनाको रिपोर्ट

विराटनगरः विराटनगरको कोशी अस्पतालमा बुधबार कोरोना भाइरसका कारण दुईजनाको मृत्यु भएको छ ।
कोशी अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालको आइसोलेसनमा उपचाररत महानगरपालिका ९ का पुरुषको दिउँसो १ बजेर १० मिनेटमा निधन भएको उनले बताए । जण्डिसका विरामी उनलाई ज्वरो आएपछि परिवारले अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।
बुधबार मृत्यु भएपछि अपरान्ह करिब ३ बजेर ३० मिनेटमा पीसीआर परिक्षण पोजेटिभ आएको अस्पतालले जनाएको छ । त्यस्तै, रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पताका मेसु डा. चुमनलाल दासले जनाए ।
उनको बिहान १०ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । उनको पनि स्वाब परीक्षण कोशी अस्पतालमै गरिएको र रिपोर्ट साढे ३ बजे आएको हो ।
बिरामी हुँदा कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनको पनि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराइएको थियो । योसँगै प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ चार पुगेको छ । यसअघि, विराटनगर महानगरपालिका ५ का ७७ वर्षीय पुरुषको कोशी अस्पतालमा र मोरङ सुनवर्षी नगरपालिकाका पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।
यसबीच प्रदेश १ मा आज (बुधबार) १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ९० वर्षीया वृद्धासहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार डिस्चार्ज हुनेमा मोरंगका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र तेह्रथुमका १–१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

प्रकाशित मिति: साउन २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend