Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानका इन्टर्न डाक्टरमा कोरोना

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
बीपी प्रतिष्ठानका इन्टर्न डाक्टरमा कोरोना

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टरको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । २५ वर्षीय पुरुष डाक्टरमा संक्रमण देखिएको हो ।
बुधबार नै उनको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई ज्वरो आउनेलगायतका स्वास्थ्यमा समस्या देखिएपछि होम क्वारेन्टाइनमा थिए । उनी आफै अस्पताल आइपुगेका थिए । अस्पताल आएर चेकजाँच गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । ‘तपाई हामीलाई जस्तै सामान्य बिरामी हुँदादेखि नै उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्थ्यो, उनको पिसिआर चेकजाँचमा कोरोना पोजेटिभको रिपोर्ट आएको छ ।’ उनले भने । उनी आफै सतर्क रहँदै होम क्वारेन्टाइनमा बसेकालाई अन्यमा सरेको हो कि भन्ने शंका समेत नरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend