Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरोना परीक्षण ‘रफ्तार’ मा

हाम्रो कोशी आवाज
साउन २४ २०७७, शनिबार
धरानमा कोरोना परीक्षण ‘रफ्तार’ मा

सब्जी व्यापारीमा कोरोना देखिएपछि कृषि उपज बजारको सल्लाहकार समितिको सदस्य तथा नेकपाका नेता अइन्द्रविक्रम बेघाको स्वाब लिइँदै । फोटोः बेघाको फेसबुक पेज

धरानः धरान उपमहानगरपालिकामा कोरोना बढ्दै गएपछि स्वाब लिएर परीक्षण गर्ने क्रम पनि ‘रफ्तार’ मा बढ्दो छ ।
उपमहानगरपालिकाले नगरबासीहरूको ‘पहिलो फेज’ मा ७ हजार परीक्षण गर्ने लक्ष्य लिएको थियो । अहिले फन्टलाइनमा काम गर्ने वडा कार्यालयका जनप्रतिनिधि, दुधका व्यापारी, बैंकमा काम गर्ने कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पसल थापेर बस्ने, सब्जी व्यापारी, मोबाइल व्यापारी, कपडा व्यापारी, होटलमा काम गर्नेको स्वाब लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘विशेषतः जोखिममा रहेर काम गर्नेको स्वाब लिने काम भइसकेको छ’, उनले भने, ‘रिपोर्ट आउन बाँकी छ ।’ २० वटा वडामा लगभग ३५ जना जनप्रतिनिधीको स्वाब लिइएको उनले जानकारी दिए ।
जोखिम रहेका क्षेत्रमा पहिलो फेजमा काम गरिएको उनले बताए । वडा नं. १३ मा अहिले स्वाब लिइएको बताए । आज वडा नं. १५ मा काम थालिने उनले जानकारी दिए ।
धरानमा ४५ जनामा कोरोना संक्रमण देखिएपछि अहिले रफ्तारमा अन्यको पनि कोरोना जाँच अघि बढेको उनले जानकारी दिए । आइतबारसम्म ८०१ जनाको स्वाब लिइएको उनले जानकारी दिए । ८०१ मध्ये हाल ११६ जनाको रिपोर्ट आएको र दुईजनामा कोरोनाको संक्रमण देखिइसकेको उनले बताए । ‘८०१ जनाको चेकजाँचमा २ जनामा कोरोना देखिइसकेको छ, त्यही भएर अझै रफ्तार बढाएर काम गर्नुपर्ने देखिएकोले अहिले काम सोहीअनुसार अघि बढिरहेको छ ।’ उनले भने ।
उनले ८०१ जनाको रिपोर्टअनुसार अघि बढ्ने बताए । ‘८०१ जनामा कस्तो रिपोर्ट आउँछ, यसले कम्युनिटी लेवलमा कतिको जोखिम देखाउँछ’, उनले भने, ‘त्यही अनुसार अघि बढ्छौं, प्रत्येक घरको एक दुईजनासम्मको चेकजाँच गर्नुपर्ने पनि हुनसक्छ ।’ तर त्यस्तो हुन नदिनका लागि धरानबासी सतर्क रहनुपर्ने उनले बताए ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संयोजकत्वमा गठित ‘रेनडोम मास टेस्टिङ’ ले समुदायमा ‘मास टेस्टिङ’ गर्ने भनिएको थियो ।

धरान–१३ का स्थानीयको स्वाब लिइँदै । फोटोः गोपाल श्रेष्ठको फेसबुक ।

प्रकाशित मिति: साउन २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend