Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि १० वर्षीय बालकसहित ५ जना कोरोना संक्रमित थपिए

हाम्रो कोशी आवाज
साउन २४ २०७७, शनिबार
धरानमा फेरि १० वर्षीय बालकसहित ५ जना कोरोना संक्रमित थपिए

धरानः धरानमा १० वर्षीय बालकसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरानका चार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजना थपिएसँगै धरानको कोभिड अस्पतालमा पाँचजना थपिएका हुन् । संक्रमित हुनेहरूमा धरान–४ का १ जना १० वर्षीय बालक, धरान–१० का ३१ वर्षीय पुरुष र धरान–१५ का ३२ र ७१ वर्षीय महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् । गत २० गते चेकजाँच गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।
उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सर्जरी विभागमा उपचाररत एकजनामा पनि कोरोना पुष्टि भएको डा. निदेश सापकोटाले जानकारी दिए । ‘उहाँमा पेटको समस्या थियो, स्वाब लिँदा कोरोना पोजेटिभ देखियो, आइसोलेसनमा सार्दैछौं ।’ उनले भने । उनी जनकपुरका बिरामी हुन् ।

प्रकाशित मिति: साउन २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend