Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका चार बालकमा कसरी छिरयो कोरोना ?

हाम्रो कोशी आवाज
साउन २४ २०७७, शनिबार
धरानका चार बालकमा कसरी छिरयो कोरोना ?

धरानः धरानमा हालसम्म चारजना बालकमा कोरोना पोजेटिभ देखिएको छ ।
उनीहरू हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसन कक्षमा छन् । उनीहरूको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । यी बालकमा कसरी छिरयो कोरोना ?
७ वर्षीय बालक, ५ वर्षीय बालिकमा औद्योगिक क्षेत्रमा रहेको प्रिति भल्व एण्ड फिटिङग्स त्यहाँ काम गर्ने कर्मचारीकै परिवारबाट संक्रमण भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
यस्तै, शुक्रबार १० वर्षीय बालिका र शनिबारको रिपोर्टअनुसार १० वर्षीय बालकमा पनि कोरोना देखियो । उनीहरू धरान उपमहानगरपालिकामा कार्यरत् कर्मचारीको छोराछोरी हुन् । उनीहरूमध्ये नगरपालिकाका कर्मचारीका छोरा (बालक) लाई ज्वरो आएको थियो । ‘अन्यमा ज्वरो, रुघाखोकीलगायत कुनै प्रकारको समस्या थिएन र अहिले पनि छैन’, उनले भने, ‘ती दुई बालक उपमहानगरपालिकाका कर्मचारीबाटै कोरोना सरेको देखियो ।’ ती बालकको हिजो कोरोना पोजेटिभ रिपोर्ट आएको थियो र ती महिला कर्मचारी आज रिपोर्ट सार्वजनिक भएको हो ।
उपमेयर बसिन् क्वारेन्टिनमा
उपमेयर मञ्जु भण्डारीको मञ्जु भण्डारी क्वारेन्टिनमा बसेकी छिन् । धरान उपमहानगरपालिका र उनकै घरमा सहयोगीको रुपमा कार्यरत् एक कर्मचारीमा कोरोना देखिएपछि उनी क्वारेन्टिनमा बसेकी हुन् । उनको घर र उपमहानगरपालिकामा समेत सहयोगीको काम गर्दै आएकी र उनको १० वर्षीय छोरामा कोरोना पुष्टि भएपछि उनी पनि क्वारेन्टिनमा बसेकी हुन् ।
पिसिआर परीक्षणका लागि उपमेयर भण्डारी, उनकी ७ वर्षीय छोरी, श्रीमान आमाको आज स्वाब पठाइएको छ । कर्मचारीसँग जोडिएका अन्यलाई पनि कन्ट्याक्ट् ट्रेसिङको आधारमा स्वाब लिइएको प्रमुख मेहताले जानकारी दिए ।
यसैबीच शनिबार एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि धरान १५ को दशरथ पथलाई सिल गरिएको छ । वडा नं १५ का सदस्य ज्ञानेन्द्र बस्नेतले प्रहरी र टोल विकास संस्थासँग समन्वय गरेर सो संक्रमित क्षेत्रमा आवतजावत रोक्न सिल गरिएको बताए ।

प्रकाशित मिति: साउन २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend