Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हेर्ने, खिच्ने बन्यो ‘सेल्फी रोड’

हाम्रो कोशी आवाज
साउन २५ २०७७, आइतबार
हेर्ने, खिच्ने बन्यो ‘सेल्फी रोड’

पथरीः पहिला एक समय ‘लाग्दैन धुलो गोडैमा एमजी रोडैमा’ गीत चर्चामा थियो र अहिले पनि छ । सँगै भारतको सिक्किममा रहेको एमजी रोडले चर्चा पाएको थियो तर अहिले मोरङको पथरीशनिश्चरे २ को सेल्फीरोडले चर्चा कमाएको छ ।
मंगलबारे र पथरीशनिश्चरे–२ बोक्रे चोकस्थित सेल्फी रोड यतिबेला निकै चर्चामा आएको छ । चौतारी सामुदायिक वन हुँदै पूर्व–पश्चिम राजमार्गसँग जोडिने सेल्फी रोड यतिबेला निकै चर्चामा आएको हो । यो रोड केन्द्रीय सरकारको सांसदकोषबाट ग्राभेल भएपछि कालोपत्रे भएको हो ।
चौतारी सामुदायिक वन उपभोक्ता समूहले संरक्षित गरेर हुर्काइएका साल जातका वृक्षले सितलता प्रदान गर्ने भएकाले सबैको मन जित्न सफल भएको छ । लकडाउनको समयमा गुम्सिएर बस्न बाध्य सर्वसाधारणहरु मनोरञ्जनका लागि टाढाका गन्तव्यस्थल धाउन नपाएपछि यही रोडमा रमाउन र सामाजिक सञ्जालमा छाउन थालेपछि यसले एकाएक चर्चा पाएको हो ।
सामाजिक सञ्जाल टिकटकबाट एका–एक चर्चामा आएको पथरीशनिश्चरे–२ स्थित सेल्फी सडक यतिवेला कोरोना कहर भन्दा ठूलो मनको रहर नैं बनेको छ । कोरोना कहरका कारण ४ महिनासम्म गुम्सिएका मानिसहरु लकडाउन हटेपछि मनोरञ्जनका लागि मन बहलाउन यहाँ आउने गरेका छन् ।
कसैको पूर्वयोजनाबिना एकाएक स्वतस्फुर्त सेल्फी खिच्ने र टिकटक बनाउनेहरुको जमात सामाजिक सञ्जालमा देखिन थालेपछि समितिको ध्यान समेत खिचिएको चौतारी सामुदायिक वनका पूर्व अध्यक्ष तथा सल्लाहकार रत्नबहादुर बस्नेत बताउँछन् ।
पूर्व–पश्चिम राजमार्गको सुनझोडा पुल पश्चिमबाट दक्षिणतर्फ लाग्ने १ हजार १ सय मिटर कालोपत्रे सडक, चौतारी वनले हुर्काएका एक नासका साल जातका रुखमा सेतो रंग पोतेर पटुकी कसेझैं देखिने मनमोहक दृश्यले सबैको मन खिच्ने गर्दछ । एकाएक प्रभावित बनेर पूर्वका विभिन्न ठाउँबाट दैनिक हजारौ मानिसहरु जम्मा हुने भएपछि ब्यापारीहरुको ठेला ब्यापार समेत फस्टाएको छ ।
यस सडकको लागि नगरले समेत चासो लिएको छ भने, सामुदायिक वनले १ लाख रुपैंयाँ खर्चेर सिमेन्टका १० वटा आराम चियर, तरुणदल नगर समिति पथरीशनिश्चरेबाट फोहोर ब्यवस्थापनका लागि १० वटा प्लाष्टिकका डष्टविन, भिड नियन्त्रणका लागि नो पार्किङ्ग बोर्डहरु उपलब्ध गराइएका छन् । यस क्षेत्रमा शौचालयका लागि प्रदेश सांसद शेखरचन्द्र थापाबाट ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने बचनबद्धता मिलेको र विभिन्न क्षेत्रबाट सहयोगी हातहरुले चासो बढाइरहेको कुरा चापागाईले जानकारी गराए ।
यस क्षेत्रमा आन्तरिक पर्यटकहरुको ध्यान खिच्न आगामी दिनमा सेल्फी सडकमाथि डोरीको झोलुङ्गे पुल, सुनझोडा खोलामा झोलुङ्गे पुल, चौतारी सामुदायिक वनको हातामा वनवाटिका, रोटेपिङ्ग, लिङ्गे पिङ्ग, चाकाचुली, डुङ्गा सहितका माछा पोखरी लगायत निर्माण गर्ने लक्ष्य रहेको समाजसेवी दिलिप राईले बताए । यस सडकको स्तरोन्नतीका लागि वडाको पहलमा १ सय पचास वटा फूलका विरुवा रोपिइसकेको छ भने नगरका सबैको चासो थपिएको छ । यसका लागि डिपिआर तयार गरी आवश्यकीय कुराहरु थप्ने योजना रहेको वडा सदस्य पर्शुराम न्यौपानेको भनाइ छ ।
कतिपय ठाउँहरुमा पर्यटकहरु तान्न ठुलै कसरत गर्दा समेत असफल भइरहेको अवस्थामा पथरीशनिश्चरेलाई चिट्ठा परेको छ । यसलाई अवसरका रुपमा लिएर विवेक पुरयाउन नसके पछुताउनु बाहेक अर्को विकल्पन हो भन्न सकिन्न । असावधानी बाक्लो भीडले कोरोना सार्न सक्ने, दुर्घटना बढाउन सक्ने चिन्ता समेत थपेको छ । यहाँ आएर रमाइलो गर्ने नाममा पछुतो नबनोस्, त्यसैले यो समय अवधिभरी केही समय यहाँ पनि लकडाउन नै पो गर्ने कि । फोटोः गुगल

प्रकाशित मिति: साउन २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend