Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फेरि धरानका डाक्टरकी श्रीमतीमा पनि कोरोना देखियो

हाम्रो कोशी आवाज
साउन २५ २०७७, आइतबार
फेरि धरानका डाक्टरकी श्रीमतीमा पनि कोरोना देखियो

धरानः धरानमा चिकित्सक (डाक्टर) की श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको २ जना चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टि भएसँगै चेकजाँच गर्दा उनको पनि रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
‘प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्रिी विभागका दुईजना डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै एक चिकित्सकको श्रीमतीमा चाहिँ  पोजेटिभ रिपोर्ट आएको हो ।’ उनले भने । दुवैजना पुरुष चिकित्सक हुन् । उनीहरूको अवस्था सामान्य रहेको उनले जानकारी दिए । ‘उहाँहरु शंका लागेर नै पिसिआर जाँच गराउनुभएको थियो, चेकजाँचका क्रममा श्रीमतीमा पनि पोजेटिभ रिपोर्ट आएको हो ।’ उनले भने । यसअघि पनि एक डाक्टरकी श्रीमतीमा कोरोना पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: साउन २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend