Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपीका डाक्टरका परिवारमा पनि कोरोना, धरानकी उपमेयर र नेकपामा नेतामा कोरोना देखिएन

हाम्रो कोशी आवाज
साउन २७ २०७७, मंगलबार
बीपीका डाक्टरका परिवारमा पनि कोरोना, धरानकी उपमेयर र नेकपामा नेतामा कोरोना देखिएन

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरको परिवारका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको इएनटीका कोरोना संक्रमित डाक्टरको ३ जना परिवारमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । दुई डाक्टरलाई केहीदिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङको क्रममा उनको परिवारका अरू ३ जनामा कोरोना संक्रमण देखिएको हो । ती डाक्टरको श्रीमती, छोरा र छोरीमा पनि संक्रमण पुष्टि भएको हो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीसहितको परिवारमा कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उपमेयरकै घरमा र उपमहानगरपालिकामा पनि सहयोगी कर्मचारीमा कोरोना पुष्टि भएपछि उनको पनि कोरोना परीक्षण गरिएको थियो । उमेयर भण्डारीसहित उनको श्रीमान, ७ वर्षीय छोरी र आमाको गत शनिबार स्वाब संकलन गरिएको थियो । यस्तै, नेकपाका नेता अवइन्द्रविक्रम बेघाको पनि रिपोर्ट नेगेटिभ आएको छ । उनले धरानस्थित कृषि बजारको सल्लाहकार सदस्य भएकाले पदाधिकारीको अनुरोधमा कोरोना परीक्षण गराएका थिए ।

प्रकाशित मिति: साउन २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend