Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान बरगाछीका पुरुषमा कोरोना देखियो

हाम्रो कोशी आवाज
साउन २९ २०७७, बिहिबार
धरान बरगाछीका पुरुषमा कोरोना देखियो

धरानः धरान-८ बरगाछी निवासी ६७ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
बीपी प्रतिष्ठानबाट मंगलबार स्वाब संकलन भएको र आज (बिहीबार) पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनमा छाती र निमोनियाको समस्या देखिएपछि विजयपुर हस्पिटलमा उपचाररत थिए । उनलाई बीपी प्रतिष्ठानको आइसोलेसनमा लगिएको उनले जानकारी दिए । बिहीबार नै बिहान एकजनामा संक्रमण पुष्टि भइसकेको छ । धरान–९ को जनप्रतिनिधि तर १६ मा बसोबास गर्ने महिलामा कोरोना पुष्टि भइसकेको छ । योसँगै धरानमा कोरोना संक्रमितको संख्या ६३ जना पुगेको छ ।

प्रकाशित मिति: साउन २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend