Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपीमा उपचारका लागि आएका दम्पत्तिमै देखियो कोरोना

हाम्रो कोशी आवाज
साउन ३० २०७७, शुक्रबार
बीपीमा उपचारका लागि आएका दम्पत्तिमै देखियो कोरोना

धरानः उदयपुरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका दम्पत्तिमै कोरोना पुष्टि भएको छ ।
श्रीमतीको उपचार गराउन धरान आएका उदयपुरका श्रीमानमा पनि कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख मेहताले जानकारी दिए ।
‘साउन २१ गते प्याङक्रियाजको सुजनको उपचार गर्न आएकी महिलामा शंका लागेर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो’, उनले भने, ‘फेरि श्रीमानको पनि परीक्षण गर्दा उनमा पनि आज (शुक्रबार) पोजेटिभ रिपोर्ट आएको छ ।’ उनले भने ।
उनीहरू धरान–१८ स्थिक एक होटलमा नियमित परीक्षण गर्नुपर्ने र अप्रेसनसमेत गर्नुपर्ने भन्दै सँगै बसेको खुलेको उनले जानकारी दिए । उनलाई आइसोलेसन पठाइएको उनले जानकारी दिए ।
यसैबीच धरानका शुक्रबारसम्म २४ जना कोरोना संक्रमित उपचाररत रहेको र ४० जना डिस्चार्ज भइसकेको उनले जानकारी दिए ।
यस्तै, शुक्रबार बीपी प्रतिष्ठानबाट विगत २४ घण्टामा ४ जना भर्ना भएको र ३ जना कोरोना जितेर घर फर्किएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानमा हाल ९२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रतिष्ठानबाट हालसम्म ३२५ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेको छ ।
प्रतिष्ठानमा हाल सम्म २३ हजार ५६ को पिसिआर पर्रीक्षण भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend