धरानः धरानमा शनिबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या ७१ पुगेको छ ।
धरान-१९ का २६ वर्षीय पुरुष, धरान-१ का ३५ वर्षीय पुरुष, धरान-१३का २८ वर्षीय पुरुष, धरान-११ का ३९ वर्षीय पुरुष, धरान-११, ४२ वर्षीय पुरुष, धरान-११ कै ३६ वर्षीय पुरुष, धरान-१६ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले धरान-१९, १३, ११ को २ जनासहित जम्मा पाँचजना जना भारतीय आर्मी रहेको खुलेको बताए । यस्तै, धरान–१६ का २३ वर्षीय युवाचाहिँ भोटेपुलस्थित क्रन्स फिटनेश जाने गरेको खुलेको उनले जानकारी दिए । धरान-१ का पुरुषचाहिँ साउदी अरबबाट फर्किएको खुलेको छ ।
उनीहरूमध्ये ५ जना एन्फामा क्वारेन्टाइनमा बस्दै आएको खुलेको उनले जानकारी दिए । साउन २७ र २८ गते मास टेस्टिङको क्रममा स्वाब लिइँदा यस्तो रिपोर्ट आएको हो ।