धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना नर्समा कोरोना पुष्टि भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दुईजना नर्समा कोरोना पुष्टि भएको जानकारी दिए । ‘एनआइसियुमा एकजना बिरामीमा कोरोना पुष्टि भएको थियो, उहाँहरूकै हेरचाहमा संलग्न नर्समा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको हो’, उनले भने, ‘अहिले उहाँहरूको व्यवस्थापन भइसकेको छ ।’
एनआइसियुका बिरामीमा पोजेटिभ रिपोर्ट आएदेखि नै हेरचाहमा संलग्न ती नर्स होम क्वारेन्टाइनमा रहेको र उनीहरूमाथि पनि शंका लागेर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।