Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा फेरि कोरोना संक्रमित महिलाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ३२ २०७७, आइतबार
धरानको बीपीमा फेरि कोरोना संक्रमित महिलाको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै प्रतिष्ठानमै मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । योसँगै प्रतिष्ठानमा दुई महिलाको मृत्यु भएको छ । यसअघि ढल्केबर–७, धनुषाकी ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । उपचारको क्रममा शनिबार राति उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । विराटनगर महानगरपालिका-२ की ५० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको उनले जानकारी दिए ।
विराटनगरस्थित न्यूरो अस्पतालबाट रेफर गरिएकी ती महिलाको राति १२:३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । ४-५ दिनदेखि ज्वरो, खोकी स्वास प्रश्वासमा समस्या भएपछि उनलाई बीपी रेफर गरिएको उनले जानकारी दिए । उनमा फोक्सोको समस्या, थाइराइडको समस्या, मुटुको समेत उपचार गर्दै आइरहेको पाइएको उनले जानकारी दिए ।
यसअघि प्रतिष्ठानमा मृत्युु हुनेमा चारजना विराटनगरका र दुईजना मोरङको सुनवर्षी र रंगेलीका रहेका छन् । यस्तै, प्रदेश २ का दुईजनाका पुरुषको पनि बीपीमै मृत्यु भएको थियो ।

प्रकाशित मिति: साउन ३२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend