Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा संक्रमित बढेको बढ्यै

हाम्रो कोशी आवाज
साउन ३२ २०७७, आइतबार
प्रदेश १ मा संक्रमित बढेको बढ्यै

विराटनगरः प्रदेश १ मा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।
आइतबार विराटनगरसहित मोरङमा ९२ जनामा संक्रमण देखिएको छ । विराटनगरमा बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार महानगरका ३२ महिला र ५४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ५६६ पुगेको छ । बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाइमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेश २ का दुईजना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना मोरङका छन् भने ४ जना प्रदेश नं. २ का छन् ।

प्रकाशित मिति: साउन ३२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend