Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आज फेरि चार संक्रमित थपिए

हाम्रो कोशी आवाज
भाद्र १ २०७७, सोमबार
धरानमा आज फेरि चार संक्रमित थपिए

धरानः धरानमा फेरि थप चारजनामा कोरोना पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या ८० जना पुगेको छ ।
धरान–१० की नर्स, धरान–१६ की नर्स र आज (सोमबार) थपिएका नर्सका परिवारसहित जम्मा ८० जना संक्रमित पुगेका हुन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमआइसियुमा काम गर्ने धरान-१६ अनुपमा मार्ग बस्ने नर्समा यसअघि नै संक्रमण पुष्टि भएको थियो । उनका घरमा रहेका परिवारमध्ये ८ महिनाको नाबालक, ५० वर्षीय पुरुष, २९ वर्षीय पुरुष र ४६ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । ‘ती नर्समा कोरोना पुष्टि भएसँगै हामीले उनको परिवारको पनि स्वाब कलेक्सन गरेर परीक्षण गराएका थियौं’, उनले भने, ‘आज उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो ।’

प्रकाशित मिति: भाद्र १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend