Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

९० वर्ष नपुगेका खम्बधन राई नागरिकतामा १८९ वर्ष पुगे !

हाम्रो कोशी आवाज
भाद्र १ २०७७, सोमबार
९० वर्ष नपुगेका खम्बधन राई नागरिकतामा १८९ वर्ष पुगे !

भोजपुरः अहिले सय वर्ष उमेर काटेको मानिस समाजमा भेट्न मुस्किल पर्छ । तर भोजपुरमा एक व्यक्ति १ सय ८९ वर्ष उमेरका भेटिएका छन् ।
ती व्यक्ति उमेर अनुसार त्यति पाका भने छैनन् । नागरिकतामा राखिएको जन्ममितिअनुसार उनी उमेर अहिले १ सय ८९ वर्षको भए । जिल्लाको उत्तरी साल्खापासिलिछो गाउँपालिकास्थित साविकको खाटम्मा गाउँ विकास समिति वार्ड नं. ७ का खम्बधन राईको जन्ममिति नागरिकतामा विक्रम संवत १८८६ साल रहेको छ ।
२०४१ साल चैत ५ गते जारी भएको राईको नागरिकतामा जिल्ला प्रशासन कार्यालय भोजपुरका तत्कालीन प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । राई भने ९० वर्ष पनि पुगेका छैनन् ।
नागरिकता सच्याउन २ दिनको पैदल हिँडेर सदरमुकाम जानुपर्ने भएको तथा वृद्ध भत्ता खानबाहेक खासै यसको काम पनि नदेखेकाले त्यत्तिकै राखेको राईले बताएका छन् । ‘सच्याउन जाऔं त २ दिन लाग्छ, पैदल हिँडेर सदरमुकाम जानुपर्छ, वृद्धभत्ता खानबाहेक खासै यसको काम पनि देखिएन, त्यही भएर नसच्याएको हो ।’ उनले भने ।

प्रकाशित मिति: भाद्र १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend