Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा गर्भवती महिला र नर्ससहित तीनजनामा कोरोना पुष्टि

हाम्रो कोशी आवाज
भाद्र २ २०७७, मंगलबार
धरानको बीपीमा गर्भवती महिला र नर्ससहित तीनजनामा कोरोना पुष्टि

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक गर्भवती महिलासहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक नर्स पनि छिन् ।
यसअघि एमआइसियुमा कार्यरत नर्सहरुमा संक्रमण पुष्टि भएकोले कन्टयाक ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा नर्समा कोरोना पुष्टि भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानको बालरोग विभागमा कार्यरत रहेको उनले जानकारी दिए । यस्तै, प्रसुति विभागको एन्टिनेटल वार्डमा उपचार गराउन धनुषाबाट आएकी २९ वर्षीय गर्भवती महिला र पाठेघर अप्रेशन गर्न आएकी ३५ वर्षकी महिलामा पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
स्वासप्रश्वासको समस्या लिएर उपचारका लागि प्रतिष्ठान आएकी ती गर्भवती महिला र सोही जिल्लाबाट पाठेघरको अप्रेसन गर्न आएकी महिलामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
संक्रमित सबैलाई कोभिड –१९ अस्पतालको आइसोलेसनमा सारिएको र वार्डलाई सेनिटाइज गरिएको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend