Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१३ मा युवती र वृद्धमा कोरोना पुष्टि, संक्रमितको संख्या ९१ पुग्यो

हाम्रो कोशी आवाज
भाद्र २ २०७७, मंगलबार
धरान-१३ मा युवती र वृद्धमा कोरोना पुष्टि, संक्रमितको संख्या ९१ पुग्यो

धरानः धरानमा फेरि दुईजनालाई कोरोना पुष्टि भएको छ ।
धरान–१३ मा एक युवती र वृद्धमा कोरोना पुष्टि भएको हो । धरान–१३ का २६ वर्षकी युवती र ६७ वर्षका वृद्धमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका पञ्मुख उमेश मेहताले जानकारी दिए । योसँगै धरानमा ९१ जनामा कोरोना पुष्टि भएको छ ।
‘गत साउन ३० गते जानकी चोकमा स्वाब कलेक्सन गरिएको थियो । ११७ जनाको परीक्षण गर्दा दुईजनामा पुष्टि भएको हो’, उनले थपे, ‘उनीहरूको पनि कन्टयाक्ट ट्रेसिङकै आधारमा चेकजाँच गरिएको हो ।’ संक्रमित दुवै एकै परिवारको रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend