Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा थप एक युवामा कोरोना पुष्टि

हाम्रो कोशी आवाज
भाद्र ३ २०७७, बुधबार
धरानमा थप एक युवामा कोरोना पुष्टि

धरानः धरानमा बुधबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान–९ का २३ वर्षीय एकयुवामा कोरोना संक्रमण भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । उनले केहीदिन अगाडि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेक्समा परीक्षणका लागि स्वाब दिएको थियो । उनको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । उनी सुनसरीको रामधुनीका बासिन्दा रहेको उनले जानकारी दिए । धरानमा हालसम्म संक्रमितको संख्या अन्य स्थानका संक्रमितसहित ९५ पुगेको छ । धरानका बासिन्दामा मात्रै ९२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: भाद्र ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend