Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा दुई नर्ससहित १२ जनामा कोरोना पोजेटिभ

हाम्रो कोशी आवाज
भाद्र ४ २०७७, बिहिबार
धरानको बीपीमा दुई नर्ससहित १२ जनामा कोरोना पोजेटिभ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना नर्ससहित अन्य जिल्लाका गरेर १२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । ‘२ जना नर्समा पनि संक्रमण पुष्टि भएको हो’, प्रवक्ता डा.निदेश सापकोटाले भने ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले एनआइसियुमा कार्यरत ३४ वर्षीया नर्ससहित अन्यमा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिए ।
उनका अनुसार बायोकेमेष्टी सेन्टर ल्याबमा कार्यरत ४६ वर्षीय पुरुष र उनका १८ वर्षीय छोरा र १० वर्षीया छोरीमा कोरोना पुष्टि भएको जानकारी दिए । यस्तै, बीपीमै कार्यरत हेल्परकी ४१ वर्षीया श्रीमती, २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए । यिनीहरू प्रायः बाहिरी जिल्ला (सप्तरी, लहानलगायत) को रहेको उनले जानकारी दिए । त्यस्तै, अन्य ४ जना बिरामी कुरुवासहित अन्यमा गरेर १२ जनामा कोरोना पोजेटिभ देखिएको धरान-१८ का वडाध्यक्ष प्रविण राईले जानकारी दिए ।
बीपीको हेल्प डेस्कमा परीक्षण गराएका र एन्फामा क्वारेन्टाइमा राखिएका ती बिरामी कुरुवामध्ये २४ पुरुष, ३५ वर्षको पुरुष, ३२ वर्षकी महिला, ३५ वर्षकी महिलामा कोरोना पुष्टि भएको उनले जानकारी दिए । ‘ती चारजनालाई एन्फा क्वारेन्टाइमा राखेर परीक्षण गरेका थियौं, ७ जनामध्ये चारजनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो’, उनले भने, ‘ती सबै बिरामी कुरुवा हुन, उनीहरूलाई आफनै जिल्लामा समन्वय गरेर लैजाने तयारी भइरहेको छ ।’
धरानमा युवकको मृत्यु
धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक राजविराज वडा नं. ४ का २८ वर्षीय युवक हुन् ।
ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै उनको मृत्यु भएको थियो । मृत्युपश्चात उनमा कोरोना संक्रमणबाट पुष्टि जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।

प्रकाशित मिति: भाद्र ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend