धरानः धरान–१५ मा ७१ वर्षीय वृद्धको मृत्युपछि स्वाब लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।
स्थानीयबासको आग्रहमा उनको स्वाब परीक्षण गरिएको बताउँदै उनले मृतक र उनका आफन्त कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेको हुनाले स्वाब लिइएको बताए । ‘स्थानीयबासीले पनि खुब चासो दिएका थिए तर मृतकका आफन्तमा यसअघि नै कोरोना पुष्टि भइसकेको थियो, ७१ वर्षीय वृद्धको अचानक मृत्यु भएपछि स्वाब लिएका हौं ।’ उनले भने ।
उनी धरान–८ को सिद्धकाली चौकमा बस्दै आएका थिए । उनी केही दिन अघिदेखि बिरामी थिए । सोही क्रममा उनको मृत्यु भएको थियो । रिपोर्ट भने एक दुईदिनमा आउने उनले जानकारी दिए ।