धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि ५ जनामा संक्रमण पुष्टि भएको छ ।
बिहीबार मात्रै १२ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानमा शुक्रबार एकजना गाइनो इमरजेन्सीमा काम गर्ने नर्ससहित ५ जनामा कोरोना पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । नर्ससहित दुईजना कुरुवा, एकजना अप्रेसनका बिरामी र एकजना कोभिड अस्पतालका बिरामीसहित जम्मान ५ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए । नर्सचाहिँ धरानकै हुन् । धरान–१५ पुष्पाञ्जली मार्ग बस्ने उनमा कन्ट्याक्ट ट्रेसिङकै आधारमा स्वाब लिँदा पोजेटिभ देखिएको उनले जानकारी दिए । योसँगै धरानमै नर्समध्ये ४ जनामा कोरोना पुष्टि भइसकेको उनले जानकारी दिए ।
प्रतिष्ठानकै गाइनो वार्डमा यसअघि कोरोना पोजेटिभ पुष्टि भएका अन्य दुईजना कुरुवामा पनि कन्ट्क्याक ट्रेसिङकै आधारमा पुष्टि भएको र उनीहरू एन्फा क्वारेन्टिनमा रहेको उनले जानकारी दिए । यस्तै, शंकास्पद बिरामी विराटनगरका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने सर्जरीको स्टेण्ट निकाल्न आएका सिरहाका एक व्यक्तिका पनि पिसिआर पोजेटिभ देखिएको उनले जानकारी दिए ।



