Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अर्का संक्रमित पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ७ २०७७, आइतबार
धरानमा अर्का संक्रमित पुरुषको मृत्यु

धरानः धरानमा धरान–८ स्थित हार्डवेयर व्यापारीको निधन भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरान–८ का ती व्यवसायीको मृत्यु भएको हो । योसँगै धरानका तीनजना संक्रमितको मृत्यु भएको छ । यसअघि धरानमा एक महिला र एक पुरुषको निधन भइसकेको छ । प्रतिष्ठान प्रवक्ता डा. निदेश सापकोटाले ६८ वर्षीय ती पुरुषको अहिले साँझ ६ः३५ मा मृत्यु जानकारी दिए । उनले बीपीमा प्लाज्माथेरापी विधिबाट उपचार गराएका थिए ।
प्लाज्मा थेरापीबाट उपचार गर्ने उनी पहिलो व्यक्ति हुन् । अत्याधिक खोकी, स्वास फेर्न समस्या, ज्वरो आएपछि उनी अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वासको समस्या थियो । उनी गत साउन ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए । यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १० जना पुगेको उनले जानकारी दिए । योसँगै प्लाज्मा थेरापीबाट उपचार गर्ने दुईजनाको मृत्यु समेत भइसकेको छ । धरान-१५ का ६७ वर्षीय पुरुषको पनि प्लाज्मा थेरापी गरिएकाे थियाे । ती पुरूषकाे मृत्यु भएकाे थियाे । उनकाे गत शनिबर निधन भएको थियो ।

प्रकाशित मिति: भाद्र ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend