धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ८ जना बिरामीहरूमा कोरोना सरेको पुष्टि भएको छ ।
८ जना बिरामीमा संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । संक्रमण देखिएकाहरु एकजना आइसियु र अन्य विभागमा उपचारत रहेको उनले जानकारी दिए ।
संक्रमित ३ जना मेडिसिन वार्ड, १ जना सर्जरी वार्डमा उपचाररत रहेको उनले जानकारी दिए । यस्तै, शंकास्पद भएर कोभिड हस्पिटलमा नै राखिएका ३ जनाको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए । संक्रमण पुष्टि भएकाहरुलाई कोभिड अस्पतालमा सारिएको उनले जानकारी दिए ।