Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि कोरोना संक्रमित २२ वर्षे युवाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ८ २०७७, सोमबार
धरानमा फेरि कोरोना संक्रमित २२ वर्षे युवाको मृत्यु

धरानः कोरोना संक्रमण देखिएको भोलिपल्टै धरानमा २२ वर्षे युवाको मृत्यु भएको पाइएको छ । योसँगै प्रतिष्ठानमै मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
कोरोना संक्रमणका कारण २२ वर्षे युवाको निधन भएको हो । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ती युवाको मृत्यु भएको हो । सिरहाको मलाहाना गाउँपालिका वडा २ गोविन्दपुरका ती युवामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । अत्याधिक खोकी, श्वास फेर्न समस्या, ज्वरो आएपछि उनलाई धरान रेफर गरिएको थियो । भदौ ७ गते उनमा पिसिआर पोजेटिभ रिपोर्ट देखिएपछि कोभिड १९ अस्पतालको आईसीयूमा सारेर भर्ना गरिएको थियो ।
ती युवाको सोमबार ३ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । युवा लागू पदार्थ सेवन गर्ने र मुटु रोगीसमेत रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: भाद्र ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend