Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ मा पाँचसहित ९ जनामा कोरोना पुष्टि

हाम्रो कोशी आवाज
भाद्र १२ २०७७, शुक्रबार
धरान-१७ मा पाँचसहित ९ जनामा कोरोना पुष्टि

धरानः धरानमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा संक्रमितको संख्या १३४ पुगेको छ ।
बिहीबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुईजना नेपाली सेनासहित ९ जनामा कोरोना पुष्टि भएको हो । पुरुषमा ३४ वर्षको पुरुष, २७ वर्षका पुरुष (आर्मी) मा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
यसअघि कोरोना पुष्टि भएकाको कन्टयाक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा धरान–१७ का ५ जनामा कोरोना पुष्टि भएको हो । धरान–१७ मा संक्रमित हुनेमा ५९ वर्षीया महिला, ३३ वर्षीया महिला, ३१ वर्षीया महिला, २९ का दुईजना पुरुष रहेको उनले जानकारी दिए । गत साउन ७ गते १०८ जनाको स्वाब संकलन गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो । अन्यको रिपोर्ट नेगेटिभ रहेको उनले जानकारी दिए । उनीहरूको अवस्था सामान्य छ ।
बीपीमा २५ वर्षीया नर्स र हेल्ड एडको १९ वर्षीया छोरीमा कोरोना
यता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार एक नर्ससहित थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको इमरजेन्सीमा कार्यरत् एकजना २५ वर्षीया नर्स र सर्जरी वार्डमा कार्यरत् हेल्थ एडको १९ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । संक्रमित नर्सको कन्ट्याक्ट ट्रेसिङ भइरहेको उनले जानकारी दिए । उनीहरू पनि धरानकै रहेका छन् ।
कस्तो छ धरानको अवस्था ?
झन्डै चार महिनाको लकडाउनपछि धरानमा कोरोना संक्रमित भेटिन थालेपछि पुनः लकडाउन गरिएको हो । यसअघि धरान बजार पूर्णरुपमा खुल्ला भइसकेको थियो । सार्वजनिक बस समेत चल्न थालिसकेका थिए तर समुदायमा संक्रमण गइसकेको भन्दै लकडाउन गरिएको हो ।
धरानमा किस्ताबन्दीरुपमा लकडाउन अघि बढाउँदै कोरोनाको परीक्षणलाई पनि तीब्रता दिने क्रममा उनीहरूमाथि कोरोना पुष्टि भएको हो ।
अहिले धरानमा योसँगै १३४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । धरानमा ७ वर्षीय बालकदेखि ८९ वर्षीयसम्ममा कोरोना पुष्टि भइसकेको छ । सबैको अवस्था सामान्य छ । यसमध्ये ८० जना बढी कोरोना जितेर घर फर्किसकेका छन् । यस्तै, ३० बढी अहिले होम आइसोलेसनमा रहेका छन् । अब धरानमा १०५ जनाको बाँकी रहेको उनले जानकारी दिए । ‘१०५ जनामध्ये आज फेरि थप संकलन गर्ने तयारीमा छौं ।’ उनले भने ।
धरानमा लकडाउन र निषेधाज्ञाको समयमा नियमित परीक्षणणको कार्य पनि नियमित भइरहेको उनले जानकारी दिए । ‘संक्रमण समुदायमा गइसकेको छ । समुदायमै परीक्षणको आवश्यकता छ । हाम्रो काम संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने हो । अहिले त्यही गर्दै आएका छौं,’ उनले भने ।
लकडाउनका कारण महामारी नियन्त्रणमा खटिने कर्मचारीलाई सजिलो भएको उनको भनाइ छ । ‘बढी भीडभाड हुँदा निकै समस्या हुने थियो । लकडाउन र निषेधाज्ञाले सहज भएको छ । मानिसहरू घरभित्रै सुरक्षित बस्दा उनीहरूलाई पनि संक्रमणको जोखिम भएन । हामीलाई पनि महामारी नियन्त्रणका लागि काम गर्न सहज भयो,’ उनले भने ।

प्रकाशित मिति: भाद्र १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend