धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि अर्का संक्रमितको मृत्यु भएको छ ।
योसँगै प्रतिष्ठानमा मृत्यु हुने संक्रमितको संख्या १६ पुगेको छ । भदैया-६ सिरहा घर भएका ८४ वर्षीय पुरुषको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनको परिवारले सिधै प्रतिष्ठान ल्याएको र इमरजेन्सी मेडिसिन वार्ड हुँदै कोभिड अस्पतालमा उपचार गराइएको थियो । अत्याधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो आएपछि उनलाई त्यहाँ रिफर गरिएको थियो । दीर्घरोगको समस्याले गाँजेको उनमा मृगौलाको समस्या भएको र डाइलायसिस समेत गराएको पाइएको उनले जानकारी दिए ।
उनको हिजो राति ११ः२० मा निधन भएको उनले जानकारी दिए । मृतक भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए भने उनको भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई इर्मजेन्सीबाट मेडिसिन वार्डमा सारिएको र त्यहाँ रिपोर्ट पोजेटिभ आएपछि कोभिड अस्पतालमा स्थानान्तरण गरिएको थियो ।