धरानः धरानमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै धरानमा संक्रमितको संख्या १४० जना पुगेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार तीनजना नेपाली सेनामा कोरोना पुष्टि भएको छ । एन्फा क्वारेन्टाइनमा डयुटीमा खटिएका नेपाली सेनामा पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए । २६ एक वर्षको पुरुष, २५ वर्षको पुरुष र २७ वर्षको पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै, धरान–१७ का २९ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । यस्तै, बीपी प्रतिष्ठानमा हेल्प डेस्कमा परीक्षण गराएका हेल्ड एड मेडिसिन टिममा काम गर्ने एक कर्मचारीको १० वर्षकी (भान्जी) बालिकामा पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए । यस्तै, बीपीकै हेल्थ टिवी ल्याबमा काम गर्ने हेल्ड एडको १७ वर्षको छोरामा पनि कोरोना पुष्टि भएको छ ।