Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको आर्मी क्याम्पमा १२ जना सेनामा कोरोना

हाम्रो कोशी आवाज
भाद्र १४ २०७७, आइतबार
धरानको आर्मी क्याम्पमा १२ जना सेनामा कोरोना

धरानः धरानस्थित आर्मी क्याम्पका १२ जना नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले यसको पुष्टि गरे । केहीदिनअघि क्याम्पमा १४ जनाको स्वाब लिइएकोमा यतिका संख्यामा पोजेटिभ देखिएको उनले जानकारी दिए । उनीहरुको शुक्रबार धरान १७ स्थित एन्फा क्वारेन्टिनमा स्वाब संकलन गरिएको थियो ।  वर्ष ३५, ३४, ३४, ३०, ३०, ६, २४, २६, २३, ३४, ३१ ,२६ का पुरुषमा कोरोना देखिएको हो ।
यस्तै, धरान–१२ घर भएकी एक ७६ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । योसँगै धरानमा आजै १९ जनामा कोरोना पुष्टि भएको छ । आइतबार बिहान चार जना र मृत्यु भएका आमाछोरासहित गरेर १९ जनामा कोरोना पुष्टि भएको हो । बिहान दुईजनाचाहिँ बीपीकै सेक्युरिटी गार्डसहित परीक्षा शाखाको प्रशासनिक सहायकका रुपमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको थियो । यस्तै, धरान–१८ का पुरुष, धरान–१० का ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति: भाद्र १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend