Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान इलाका प्रहरीका थुनुवा युवकमा पनि कोरोना, आमाछोराको मृत्युपछि धरान-१७ मा तीनजनामा पोजेटिभ

हाम्रो कोशी आवाज
भाद्र १७ २०७७, बुधबार
धरान इलाका प्रहरीका थुनुवा युवकमा पनि कोरोना, आमाछोराको मृत्युपछि धरान-१७ मा तीनजनामा पोजेटिभ

धरानः धरानमा आज (बुधबार) पाँचजना संक्रमित थपिएका छन् ।
धरान १७ रेल्वेमा आमाछोराको मृत्यु भएपछि अन्य ३० जनाको स्वाब लिँदा तीनजनामा पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । त्यहाँका ८४ वर्षीय, ५५ वर्षीय र २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा स्वाब दिइएका अन्य दुईजनामा पनि कोरोना पुष्टि भएको छ । प्रशासनिक सहायक कन्टयाक्ट टेसिंगका आधारमा स्वाब लिँदा धरान १६ सनमार्ग बस्ने ४४ वर्षीय पुरुषमा कोरोना देखिएको उनले जानकारी दिए । उनीहरु सनमार्गमा नबसी बीपीकै क्वाटरमा बस्ने गरेका थिए ।
यस्तै, इलाका प्रहरी कार्यालय धरानका थुनुवामा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । धरान १४ पिण्डेश्वर मन्दिर मन्दिरअगाडि घर भएका २० वर्षीय पुरुषमा पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend