Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १७ जना संक्रमित थपिए

हाम्रो कोशी आवाज
भाद्र १७ २०७७, बुधबार
धरानमा १७ जना संक्रमित थपिए

धरानः धरानमा बुधबार धरान–१३ फुस्रेका ११ जना नेपाली सेना र ५ जना भारतीय सेनासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बुधबार नै २२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । बिहान ५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
धरान १७ रेल्वेमा आमाछोराको मृत्यु भएपछि तीनजनामा पोजेटिभ रिपोर्ट आएको थियो भने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा स्वाब दिइएका अन्य दुईजनामा पनि कोरोना पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय धरानका थुनुवामा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
बुधबार बेलुका संक्रमण पुष्टि हुनेहरूमा धरान–१३ फुस्रे सैनिक क्याम्पमा कार्यरत १३ जना नेपाली सेनाको परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए । संक्रमित ती नेपाली सेनाहरूको उमेर २४ देखि ३६ वर्ष उमेर समुहका रहेका छन् ।
यस्तै, ५ जना भारतीय सेनामा पनि कोरोना संक्रमण भएको छ । संक्रमण हुनेमा धरान–१३ बस्ने ४३ वर्षीय पुरुष, धरान–१६ का ३९ वर्षका २ जना पुरुष, २९ वर्षका पुरुष रहेका छन् । यस्तै, धरान–१७ घर भएका ३० वर्षीय पुरुष रहेको उनले जानकारी दिए ।
उनले धरान–११ को किसानपथ निवासी एक ५७ वर्षीया महिलाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिए । योसँगै धरानमा कोरोना संक्रमितको कुल संख्या १ सय ९५ पुगेको छ । उनले बुधबार नै सबै सेनाको कोरोना परीक्षण गरिएको पनि जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend