Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि दुईजना कोरोना संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र १८ २०७७, बिहिबार
धरानमा फेरि दुईजना कोरोना संक्रमितको मृत्यु

धरानः धरानमा फेरि दुई कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
प्रदेश २ अन्तर्गत राजविराज–७, सप्तरीका दुई पुरुषको मृत्यु भएको भएको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । सप्तरीका ५० र ५५ वर्षीयको मृत्यु भएको उनले जानकारी दिए । ५५ वर्षीय पुरुषको छिन्नमस्ता अस्पताल, सप्तरीबाट रेफर गरिएको थियो । उनमा कमजोरी, अल्परक्त, मधुमेहको समस्या नियन्त्रण हुन नसकेको जनाइएको छ । बिरामीमा पहिलेदेखि अन्य रोगरदीर्घ रोग पनि रहेको जनाउँदै उनले विगत १५ वर्षदेखि मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेको जानकारी दिए । गत ७ गते उनको कोरोना पुष्टि भएको थियो ।
उनी बीपीको कोभिड अस्पतालमा गत ४ गते भर्ना भएका थिए । ८ गते मेडिसिन वार्ड हुँदै कोडिड अस्पतालमा सारिएका उनको आइसियुमा उपचार भइरहेको थियो । बिहीबार दिउँसो १ः१५ बजे उनको मृत्यु भएको उनले जानकारी दिए ।
यस्तै, राजविराज–७ कै ५० वर्षीय अर्का पुरुषको पनि मृत्यु भएको छ । राजविराज अस्पतालबाट रेफर गरिएका उनको २ बजेर २ मिनेटमा मृत्यु भएको हो । उनी बिहीबार दिउँसो १ः२० बजे प्रतिष्ठानको इमरजेन्सीमा सिकिस्त अवस्थामा भर्ना भएका थिए । उनको आजै पिसिआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो ।
मृतकको चारदिनदेखि ज्वरो, श्वासप्रश्वासमा समस्या तथा शरीर सिथिल हुने समस्या भएको पाइएको थियो । उनी मधुमेहको दीर्घरोगी भएको पाइएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend