Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मासुको नयाँ मूल्य तोकियो

हाम्रो कोशी आवाज
भाद्र २६ २०७७, शुक्रबार
धरानमा मासुको नयाँ मूल्य तोकियो

धरानः धरानमा मासुको नयाँ मूल्य कायम भएको छ ।
आइतबारदेखि लागू हुने गरी समितिले नयाँ मासुको मूल्य निर्धारण गरेको जनाइएको छ । मासु व्यवसायी, डिलर र उपमहानगरपालिकाको प्रतिनिधिसहितको निर्धारण समितिले मासुको नयाँ मूल्य कायम गरेको हो ।
सुँगुरको मासु प्रतिकिलो ३६०, खसीको मासु प्रतिकिलो ९ सय, राँगाको मासु प्रतिकिलो ३५० रुपैयाँ, ब्रोइलर कुखुराको मासु प्रतिकिलो २८० रुपैयाँ कायम भएको पशु सेवा शाखा प्रमुख महेन्द्र पैकाराले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend