Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा नेपथ्यसँगै झुमे १० हजार बढी दर्शक

हाम्रो कोशी आवाज
कार्तिक १९ २०८३, बिहिबार
इटहरीमा नेपथ्यसँगै झुमे १० हजार बढी दर्शक

धरानःनेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ ।
इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको बताइएको छ ।
नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न पूर्वी नेपालका विभिन्न स्थानबाट संगीतप्रेमीहरू इटहरी रंगशालामा पुगेका थिए । लामो समयदेखि रेडियो, टेलिभिजन तथा डिजिटल माध्यमबाट नेपथ्यका गीत सुन्दै आएका दर्शकले आफ्नै सहरमा ब्यान्डलाई प्रत्यक्ष हेर्न पाउँदा उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा कार्यक्रम भएको हो । करिब १० हजार दर्शक क्षमताको व्यवस्थापनसहित तयारी गरिएको रंगशालामा अपेक्षाभन्दा बढी दर्शक सहभागी भएका आयोजकले जनाएको छ ।
तीन दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजारमा’, ‘रेशम’ र ‘भेडाको ऊनजस्तो’ लगायत चर्चित गीतमा दर्शकले साथ दिएका थिए ।

प्रकाशित मिति: कार्तिक १९ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend