Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रेलको ट्रेन सेट जनकपुर आइपुग्दै, दशैंअघि सञ्चालन गरिने

हाम्रो कोशी आवाज
असोज १ २०७७, बिहिबार
रेलको ट्रेन सेट जनकपुर आइपुग्दै, दशैंअघि सञ्चालन गरिने

धरानः नेपालले खरिद गरेको जयनगर–जनकपुर रेलको ट्रेन सेट शुक्रबार जनकपुर आइपुग्ने भएको छ । रेल आएपछि परीक्षण र कमिसनिङको काम हुनेछ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए । उनका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ । शनिबार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ । औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन् ।
झण्डै ६ महिना अघि नै भारतमा निर्माण भएको दुईसेट रेल बिहारको पटनामा राखिएको थियो । भोलि हस्तान्तरण गर्नको लागि रेल जनकपुर आउन लागेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।
जनकपुरदेखि बर्दिबासम्म रेल सञ्चालनको निम्ति रेल विभागले भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसँग रेल किन्ने सम्झौता गरेको थियो । सोही अनुसार भारतको मद्रासस्थित कोकण रेलवेज कर्पोरेसन कम्पनीले निर्माण गरेको दुईसेट रेल रंगरोगन गरी ल्याएर बिहारको पटना नजिकै सुरक्षितसाथ राखिएको थियो ।
पहिलो चरणमा भारतको कुर्थादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जनाएको छ ।
जनकपुर–जयनगर खण्डमा चलाउन लागेको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो। नेपालले करिब ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गरेको हो । रेल आइपुगेपछि जयनगरमा राखिनेछ ।
दसैं अघि नै रेल संचालनको तयारीमा कम्पनी जुटेको छ । तर कानुनी,कर्मचारी नियुक्ति प्रक्रियाका आधारमा रेल संचालनमा आउने मिति तय हुनेछ । क्रस बोर्डर रेल संचालन गर्न भारतसंग रेल्वे सेवा सम्झौंता गर्नुपर्छ। रेल मर्मतका लागि समेत सम्झौता गर्न बाँकी छ। रेल उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

प्रकाशित मिति: असोज १ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend