Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसरी मात्रै सफल हुन्छ व्यापार व्यवसाय !

हाम्रो कोशी आवाज
असोज ४ २०७७, आइतबार
यसरी मात्रै सफल हुन्छ व्यापार व्यवसाय  !

धरानः तपाईं व्यापार बिजनेश गर्ने सोचमा हुनुहुन्छ वा गरिरहनुभएको छ भने कसरी सफल उद्यमी बन्ने भन्ने विषयमा धेरै नै चासो हुने गर्छ । हरेक मान्छेले काम शुरु गर्दा सफल हुने योजना बनाएको हुन्छ ।
तर उ सँधै सफल हुँदैन । काम गर्दा गर्दै पनि उ असफल भइदिन्छ ।
मान्छे काम गरेर मात्रै सफल हुँदैन । उनले लिने नीति काम गर्ने शैली लगायतले पनि मान्छेको सफलता र असफलता निर्धाण गर्छ । त्यसबाहेक बाहिरी फ्क्याट पनि हुन्छन् नै ।
तपाईं ब्यवसाय शुरु गर्दै हुनुहुन्छ भने केही यी गंभीर भएर सोच्नुहोस् । र, कार्यान्वयन गर्ने प्रयास गर्नुहोस्, त्यसो भयो भने तपाईं सफल हुनुहुन्छ ।
प्रष्ट योजना: कुनैपनि काम शुरु गर्नुअघि प्रष्ट योजना बनाउनुहोस् । किनभने योजनाबिहिन कामबाट सफलता मिल्दैन । आफूले गर्न लागेको काम के हो ? र, त्यो कामलाई भविष्यसम्म म कसरी अघि बढाउँछु भनेर योजना बनाउनै पर्ने हुन्छ । आफ्नो लक्ष्य के हो ? लक्ष्य प्रप्त गर्न कसरी काम गर्ने ? लगायतका विषयमा प्रष्ट योजना बनाएर मात्रै नयाँ काममा हात हाल्नुहोस् ।
लगानी
योजना भएर मात्रै पनि व्यवयासमा सफलता मिल्दैन । त्यो योजनालाई साकार पार्न पुँजीको आवश्यकता पर्छ । त्यसैले आफ्नो योजनालाई सफल बनाउन कति पुँजी चाहिन्छ, त्यसको हिसाब गर्नुहोस् ।
घाँटी हेरेर मात्रै हाड निल्नोस् । यसको अर्थ के हो भने आफूसँग कति पुँजी छ, सोही अनुसारको योजना बनाउनुपर्छ । यसरी पुँजीको जोहो गर्न थालेपछि सकेसम्म कम बजेटमा काम गर्ने योजना बनाउनुपर्छ । किनभने एकैपटक ठूलो लगानी गर्नुभयो र योजना असफल भयो भने तपाईंको लगानी डुब्छ । त्यसैले इकोनोमिक भएर काम गर्नुहोस् ।
कति लगानी गर्दा कति फाइदा हुन्छ, केकेमा खर्च हुन्छ र भइपरी आउँदा कहाँबाट र कसरी पुँजी जुटाउने ? यी सबै विषयको सुनिश्चितता गर्नुहोस् । र, जथाभावी र अनुत्पादक काममा खर्च गर्दै नगर्नुहोस् ।
मानवीय व्यवस्थापन: योजना बनाएर पुँजी लगानी गर्दा मात्रै पनि व्यवसायमा सफल भइँदैन । व्यवसायमा हात हालिसकेपछि ह्युमन रिसोर्स म्यानेजमेन्ट गर्न सक्नुभएन भने तपाईं कहिल्यै पनि सफल हुन सक्नुहुन्न । एचआर म्यानेजमेन्ट आजको दुनियाँमा निकै ठूलो चुनौति बन्दै गएको छ ।
सही मान्छेलाई सही काम र पद दिन सक्नुभयो भनेमात्रै उत्पादकत्व निस्कन्छ । होइन भने तपाईंले आफ्नो कर्मचारीमा खर्च गरेको रकमले तपाईंको व्यवसाय डुबाउन सक्छ । आफ्ना कर्मचारीलाई राम्रो र साथीको जस्तो व्यवहार गर्नुहोस्, ताकी उनीहरु यो मेरै कम्पनी हो भनेर मिहेनतका साथ काम गरुन् ।
कानूनप्रति सजग: जुनसुकै व्यापार व्यवसाय गर्नका लागि राज्यले कानून बनाएको हुन्छ । तपाईंले गर्ने व्यवसायमा के कस्ता कानून छन् ? ती सबै राम्रोसँग अध्ययन गर्नुहोस् । कानून नबुझेर तपाईंले गल्ती गर्नुभयो भने पनि कानूनले तपाईलाई छाड्दैन । त्यसैले समयमै कर तिर्नुहोस् । अन्य राज्यलाई तिर्नुपर्ने शुल्कहरु तिर्नुहोस् ।
समयमै व्यवसाय नविकरण गर्नुहोस् । अर्थात् सरकारी कार्यालयमा तपाईंले आफ्नो कम्पनीका सबै कामहरु प्रष्टसँग सक्नुहोस् । विस्तारै मिलाउँदै गरौंला भनेर अघि बढ्ने प्रयत्न नगर्नुहा्स् । तपाईं कानूनीरुपमा जति बलियो हुनुहुन्छ, त्यतिनै बढी सफता हासिल गर्नुहुन्छ ।
मौका पर्दा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु
चर्चित नेपाली उखान छ ‘मौकामा हिरा फोड्नु, बेमौकामा कौडी नछोड्नु’ यसको गाम्भियर्ता बुझ्नुहोस् । राम्रो र आफ्नो व्यवसाय बढ्छ अनि नाफा बढ्छ भने खर्च गर्न नडराउनुहोस् । तर, व्यवसायलाई फाइदा पुग्दैन भने एक रुपैयाँ पनि खर्च गर्न लोभ गर्नुहोस् ।
अर्कोकुरा आफ्नै व्यवसाय त हो नि भनेर व्यक्तिगत र अपिसियल खर्च एकै ठाउँबाट नगर्नुहोस् । छुट्टाछुट्टै खर्च गर्नहोस् । धेरै मान्छे सामान्यभन्दा सामान्य विषयमा ध्यान दिन नसक्दा असफल भइरहेका हुन्छन् । त्यसैले सामान्य विषय हो भनेर नेक्लिजेन्स नगर्नुहोस् । क्यान्सको किटाणु सानो हुन्छ तर त्यसले ज्यानै लान्छ ।

प्रकाशित मिति: असोज ४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमै थन्कियो ११ करोड बढी मूल्यको काठ

    -अर्जुन आचार्य धरानः कोशी प्रदेशका सरकारी तथा सामुदायिक वनहरूमा काठ दाउराको उत्पादन वर्षौंदेखिको औसतभन्दा निकै माथि पुगेर ऐतिहासिक रेकर्ड बनाइरहँदा वन पैदावार बिक्री भने सोही...

    • २ दिन अगाडी
    • १० मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend