Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि उपचाररत् दुईजना संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
असोज ९ २०७७, शुक्रबार
धरानमा फेरि उपचाररत् दुईजना संक्रमितको मृत्यु

धरानः धरानमा दुईजनामा संक्रमितको मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितहरुको संख्या ३३ पुगेको छ ।
शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राजविराज–३ सप्तरीका एक ७० वर्षीय पुरुष र मोरङ कानेपोखरीका ५० वर्षीय पुरुष छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार गजेन्द्रनारायण अस्पताल राजविराजबाट रिफर गरिएका ती पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
ज्वरो आएको, खोकी, स्वासप्रश्वासमा समस्या र निमोनियाको लक्षण देखिएका उनमा दीर्घरोग थिएन । गत २५ गते गजेन्द्रनारायण अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । गत साउन २८ गते बीपीमा भर्ना भएका उनको बिहीबार राति ११ः०० बजे मृत्यु भएको उनले जानकारी दिए ।
यस्तै, मोरङ कानेपोखरीका ५५ वर्षीयको हिजो साँझ ८ः३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.सापकोटाले जानकारी दिए । उनमा आन्द्राको क्यान्सर भएको र शल्यक्रिया गरिएको उनले जानकारी दिए । उनी प्रतिष्ठानको आइसियुमा उपचाररत थिए । पिसिआर पोजेटिभ भएपछि उनी कोभिड अस्पतालमा भर्ना भएका थिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असोज ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend