Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा थप १३ जनामा संक्रमण

हाम्रो कोशी आवाज
असोज १२ २०७७, सोमबार
धरानमा थप १३ जनामा संक्रमण

धरानः धरानमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरानका एकजना पत्रकार, एक विद्यालयका प्रधानाध्यापक, डाक्टर र धरान उपमहानगरपालिकाका कर्मचारीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाहशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
३८ वर्षीय ती पुरुष पत्रकारमा ज्वरो आउने, घाँटी दुख्ने समस्या थियो । परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । धरानमा पत्रकारलाई कोरोना संक्रमण देखिएको यो पहिलो हो । यस्तै, धरान–१६ का इन्जिनियर र उपमहानगरपालिकाका एक अधिकृतलाई पनि संक्रमण देखिएको छ ।
यस्तै, धरान–१८ का २५, ५५, ३१, ५५ वर्षीय महिला र पुरुष, धरान–१५ का ३८ वर्षीय पुरुष, धरान–१ का ३४ वर्षीय पुरुष, धरान–८ का ५४ वर्षीय पुरुष, धरान–१६ का २७ वर्षीय पुरुष र ५५ वर्षीया महिला, धरान–२० की २५ वर्षीया महिला, धरान–३ की २१ वर्षीया महिला, धरान–६ की ३१ वर्षीय महिला र धरान–१२ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
संक्रमित हुने प्रधानाध्यापक धरान–१५ का एक सामुदायिक विद्यालयका हुन् भने र संक्रमित हुने डाक्टर बीपीमा कार्यरत् हुन् ।

प्रकाशित मिति: असोज १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend