Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका १४ जनासहित ८३ संक्रमित थपिए

हाम्रो कोशी आवाज
असोज १२ २०७७, सोमबार
धरानका १४ जनासहित ८३ संक्रमित थपिए

विराटनगरः बितेको २४ घण्टामा प्रदेश १ मा धरानका १४ जनासहित ८३ जना संक्रमित थपिएका छन् ।
धरानबाट ७ महिला र ७ पुरुषमा कोरोना संक्रमित थपिएका छन् । योसँगै सुनसरीमा सुनसरीबाट ३६ जना संक्रमित थपिएका छन् । सुनसरीकै इटहरीमा २ महिला र ९ पुरुष, दुहबीमा ३ महिला र ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै, मोरङमा ३० जना संक्रमण पुष्टि भएको छ । यस्तै, ओखलढुंगामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा समान १ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, मोरङको विराटनगरका ६ महिला र १० पुरुष, बुढीगंगाका ६ पुरुष, बेलबारीका १ महिला र १ पुरुष, सुन्दरहरैंचाका १ महिला र १ पुरुष कोरोना पोजेटिभ देखिएको छ । उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला र २ पुरुषमा संक्रमण देखिएको छ । ओखलढुंगाको सिद्धिचरणमा १ महिला र २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १–१ पुरुष छन् । झापाको मेचीनगर र बिर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ ।
प्रदेश १ मा आजै ४४ जना डिस्चार्ज भएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४ जना डिस्चार्ज भएका छन् । यसैगरी, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाइजन आइसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार ८६८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
इलाम बन्यो कोरोनामुक्त जिल्ला
उता कोरोना महामारीपछि पहिलो पटक इलाम कोरोनामुक्त जिल्ला भएको छ ।
कोरोनाका सक्रिय संक्रमितहरु घर फर्किएपछि इलाम कोरोना संक्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो संक्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको संख्या शुन्य भएको हो ।
इलाममा अहिलेसम्म ९३ व्यक्ति संक्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पीसीआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । इलाममा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: असोज १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend