Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१२ को कृति सहकारीको साधारणसभा सम्पन्न, नयाँ कार्य समिति चयन

हाम्रो कोशी आवाज
असोज १२ २०७७, सोमबार
धरान-१२ को कृति सहकारीको साधारणसभा सम्पन्न, नयाँ कार्य समिति चयन

धरानः धरान–१२ स्थित कृति बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं साधारणसभा सम्पन्न भएको छ ।
सोमबार सम्पन्न साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिको अध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् । यस्तै, उपाध्यक्षमा कुशल श्रेष्ठ चयन भए भने सदस्यहरूमा गोपाल भुजेल, जानुका विक, पृथ्वीराज श्रेष्ठ, दीपेन लिम्बू, निरु राई चयन भएका छन् । यस्तै, लेखा समिति संयोजकमा मुना राना मगर, सदस्य सविन श्रेष्ठ, मदनकुमार श्रेष्ठ चयन भएका छन् ।
निवर्तमान अध्यक्ष भुषण श्रेष्ठ (लामा) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान–१२ की वडा सदस्य चुन्नु थापा मगर प्रमुख अतिथि थिइन् । कार्यक्रममा नेकपा धरान–३ का सचिव मिङ्मा भोटे विशेष अतिथि थिए । यस्तै, खनार बचत तथा ऋण सहकारी संस्था लि. इटहरी खनारका अध्यक्ष सुदीप तामाङ, आइएमइ लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक प्रकाश राईलगायत अतिथि रहेका थिए । कार्यक्रममा अध्यक्ष लामाले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि, अतिथिलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सुजना राईले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन मुना राना मगरले गरेकी थिइन् । कार्यक्रममा गोपाल भुजेलले सहकारीसम्बन्धी कविता सुनाएका थिए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता सुशिला राई र ज्येष्ठ शेयर सदस्य रामप्यारी राईलाई मायाको चिनो प्रदान गरिएको थियो । २०६५ सालदेखि स्थापना भएको संस्थाले ६३ लाखको कारोबार गरेको जनाइएको छ ।
फोटोः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend