Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका पक्की सडकः कच्ची

हाम्रो कोशी आवाज
असोज १३ २०७७, मंगलबार
धरानका पक्की सडकः कच्ची

धरानः सुन्दर र सफा शहरको रूपमा परिचित धरान नगरपालिकाकाभित्री सडकहरू समयमै मर्मत हुन नसक्दा पछिल्लो समयमा जीर्ण बन्दै गएका छन् । पुराना सडक भएका कारण सबै ठाउँमा जीर्ण बन्दै गएको हो ।
भित्री सडकहरू जीर्ण बन्दै गएपछि अहिले धरानको पहिचानको विषयमा प्रश्नचिह्न खडा हुन थालेको छ । सुन्दर, सफा र चिल्ला सडकको नामले धरान जति चर्चामा छ, त्यति नै यहाँका भौतिक पूर्वाधार कुरुप देखिन थालेका छन् । पक्की सडक कच्चीमा परिणत भएपनि सम्बन्धित निकायको समयमै ध्यान जान सकेको छैन । भित्री सडकहरू समयमै मर्मत हुन नसक्दा पछिल्लो समयमा जीर्ण बन्दै गएका हुन् ।
धरानको कोशी राजमार्गबाहेक कालोपत्रे गरिएका अधिकाङ्श सडकहरू जीर्ण बन्दै गएका भएपनि उपमहानगरपालिका भने यसबाट बेखबर छ । धरानको सडक विशेषतः जनसहभागितामै बन्ने गरेका छन । तर अहिले ती सडक हेरिनसक्नु अवस्थामा पुग्दै गएका छन् । पक्की सडकहरु कच्चीमा परिणत हँुदै गएपनि उपमनगरपालिकाले देखे पनि नदेखेभैंm गरिरहेको स्थानीय बताउँछन् । सडकहरू पूर्णरूपमा समेत जीर्ण बन्दै गएका छन् ।
धरान–१ स्थित रेडक्रस भवनबाट धार्मिकस्थल पिण्डेश्वर जाने पक्की बाटो पूर्णरूपमा कच्चीमा परिणत भइसकेर बन्न शुरु गरिसकेको छ । तर अहिलेसम्म पनि काम सकिएको छैन । यहाँ पनि धेरै सवारी साधन गुड्ने गर्छन् । धार्मिकक्षेत्र विजयपुर डाँडा पुग्ने सडक समयर्मै नबन्नु दुःखद रहेको े स्थानीयबासीले बताएका छन् ।
चतरालाइन-मङ्गलबारे सडक ५० फिटको
अहिले चतरालाइनस्थित पानी ट्याङ्कीदेखि मङ्गलबारेसम्म पुग्ने सडक जीर्ण बनेको छ । ठाउँ–ठाउँमा पिच उप्किएको छ । यसअघि पनि पटक–पटक भत्किँदै पिच बनेको यो सडक यसपटक झन् जीर्ण बनेको हो । सडकमा अहिले खाल्डाखुल्डी समेत छ ।
अहिले सडक कच्ची बन्दा धरान हुँदै चतरा, कालाबञ्जर, भरौल जाने ठूला सवारीका साथै मोटरसाइकलहरूलाई आवागमन गर्न समस्या पर्ने गरेको स्थानीयको भनाइ छ । यसले गर्दा सवारी दुर्घटनाको जोखिम पनि बढ्दो छ । स्थानीयले सडक पिच गरिसकेपछि धेरै वर्ष टिक्ने बनाउनुपर्ने समेत बताउँदै आएका छन् ।
धरान–११ का वडाध्यक्ष बाबुलाल लामा भने सो सडकका लागि टेण्डर परिसकेको बताउँछन् । ‘यसअघि दुईपटक बनेको सो सडक उपमहानगरपालिकाले बनाएको होइन, त्यो सडक अन्य ठाउँमा फ्रिज भएको बजेटले बनेको हो, त्यही भएर पनि पक्की सडक कच्ची बनेको हो, अब उपमहानगरपालिकाले नै बनाउँछ, गुणस्तरीय खालको बनाउँछ ।’ उनले भने ।
उनले सो सडकको ५० फिटको बन्न लागेको जानकारी दिए । यसका लागि उपमहानगरपालिकाले आव २०७७–०७८ को लागि तीन करोड रुपैयाँ छुट्टयाएर टेण्डर पनि परिसकेको छ । ‘सडक ५० फिटको बन्छ, भनौं धरान–१६ को गणेशमान चोककै जस्तै नमूना बाटो बन्ने हो, त्यसका लागि बजेट छुट्टिएर टेण्डर समेत भइसकेको छ ।’ उनले भने ।
पहिला सानो आकारको बनेको, त्यसपछि केही फराकिलो बनेको सडक अब झनै फराकिलो बन्ने उनले बताए । ‘धरान उपमहानगरपालिकाको मापदण्डअनुसारको सडक बनाउने तयारीमा छौं, त्यसका लागि कसैको कम्पाउन्ड वाल समेत जाने स्थिति छ, त्यसका लागि पहल समिति गठन भइसकेको छ ।’ उनले भने ।

प्रकाशित मिति: असोज १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend