धरानः धरानमा फेरि ३९ वर्षीय कोरोना संक्रमित पुरुषकोमृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ३९ वर्षीय पुरुषकोमृत्यु भएको हो । राजविराज–४ सप्तरी घर भएका ती पुरुषको बुधबार बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गोल्डेन हस्पिटल विराटनगरबाट रिफर गरिएकी ती महिलामा ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि धरान रिफर गरिएको उनले जानकारी दिए । कोरोना संक्रमणको शंका लागेर यहाँ रेफर गरिएको र उनमा उच्चरक्तचाप, १० वर्षदेखि मधुमेह, मृगौलाको डाइलासिस हुने गरेको थियो ।
गत ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । गत १० गते उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको र मृत्यु भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ । यसअघिको समाचारमा पुरुषको मृत्यु हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । –स