धरानः धरानमा नेपाल टेलिकम धरान शाखाका ७ जना कर्मचारीसहित १७ जना कोरोना पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले धरानस्थित नेपाल टेलिकमका ४२, ४५, ३५, ३२, ५३ वर्षीय ५ जना पुरुष र ४१ र ४५ वर्षीय महिलासहित ७ जनामा कोरोना संक्रमण भएको छ । यसैगरी धरान–१८ का ५०, ४३, ३० र २९ वर्षीय ४ जना पुरुष, धरान–११ का ६७ वर्षीय महिला, धरान–५ का ४८ वर्षीय पुरुष, धरान–१० का ३९ वर्षीय पुरुष, धरान–३ का ३१ र ५५ वर्षीय पुरुष गरी २ जना र धरान–१५ का ५५ वर्षीय पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै धरानमा कोरोना संक्रमितको संया ४ सय ८८ पुगेको छ भने ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।