Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरोना संक्रमित इटहरीका पुरुषको मृत्यु

हाम्रो कोशी आवाज
असोज १५ २०७७, बिहिबार
धरानमा कोरोना संक्रमित इटहरीका पुरुषको मृत्यु

धरानः धरानमा इटहरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । इटहरी–६ घर भएका ती पुरुषको बुधबार राति ९ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
विराट मेडिकल कलेज विराटनगरबाट रिफर गरिएकी ती पुरुषमा ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएर साथै कोरोना पोजेटिभ भएपछि धरान रिफर गरिएको उनले जानकारी दिए । उनमा अन्य दीर्घरोग केही नभएको उनले खुलाए ।
गत १४ गते विराट मेडिकल कलेजमा परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । गत १४ गते राति उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । भर्ना हुनुअघि उनको अवस्था गम्भीर रहेको र उपचारको क्रममा मृत्यु भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: असोज १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend