धरानः धरानमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका उमेश मेहताले १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा धरानका थप १४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान–१३ का ५७ वर्षीय पुरुष, धरान–९ को ३३ वर्षीय पुरुष, धरान–१० को १३ वर्षीया महिला, धरान–१८ को २७ वर्षीय पुरुष, धरान–१८ कैं ३६ वर्षीय पुरुष, धरान–१८ कै २६ वर्षीया महिला, धरान–१ का ५५ वर्षीय पुरुष, धरान–१३ की २९ वर्षीया महिला, धरान–१ को २६ वर्षीय पुरुष, धरान–९ २८ वर्षीय पवुरुष, धरान–१२ को ३९ वर्षीय पुरुष, धरान–१६ को २६ वर्षीय पुरुष, ५० वर्षीय पुरुष, धरान–१५ को २३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
यी सबै संक्रमितहरू आफैं बीपी पुगेर परीक्षण गराएको पाइएको उनले जानकारी दिए । ‘खासमा अहिले हामीले स्वाब संकलन गर्न पाएका छैनौं’, उनले भने, ‘उनीहरू आफैं बीपी पुगेर चेकजाँच गरेका थिए ।’ उनका अनुसार कतिपय कन्टयाक्ट ट्रेसिङका आधारमा त कोही बिना कन्टयाक्ट ट्रेसिङका आधारमा परीक्षण गराएका हुन् । अहिले बीपी प्रतिष्ठानमा इच्छुकले २ हजार तिरेर कोरोना परीक्षण गराउन पाउने व्यवस्था छ ।
