Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बजाजको नयाँ मोटरसाइकल बजारमा

हाम्रो कोशी आवाज
असोज १५ २०७७, बिहिबार
बजाजको नयाँ मोटरसाइकल बजारमा

धरानः बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आज नेपालमा नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस भित्रयाएको छ ।
नयाँ एभेन्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा आउँद छ र शहरका लागि केही भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको हो । यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सिर्जना गर्दछ र यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरू पनि छन् ।
यो १६० सीसी डीटीएस आई इञ्जिनद्वारा सञ्चालित छ जसले १६०ः१५ पीएस पावर र १३.५ एनएम टर्क उत्पादन गर्दछ । यसले ५ स्पीड म्यानुअल ट्रान्समीसन पनि प्रयोग गर्दछ । सुरक्षाका लागि बजाज एभेन्जर स्ट्रीट १६० अगाडि २८० एमएम डिस्क ब्रेक र पछाडि भागमा १३० एमएम ड्रम ब्रेकको साथ आउँदछ । ब्रेकका इकाईहरु मानकको रुपमा एकल च्यानल एबीएससँगै छन् ।
चालकको आरामको लागि यो लामो स्लंग, लामो सिट र अद्वितीय विस्तारीत फुटरेस्ट स्थानमा साथ आउँदछ । नयाँ एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा शुरुवाती मूल्य ३ लाख १९ हजार नौं सय रुपैयाँमा देशभर उपलब्ध हुनेछ ।

प्रकाशित मिति: असोज १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend