Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा अर्की संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

हाम्रो कोशी आवाज
असोज १६ २०७७, शुक्रबार
धरानको बीपीमा अर्की संक्रमित महिलाले जन्माइन् स्वस्थ बच्चा

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा अर्की कोभिड संक्रमित महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छिन् ।
आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका डा. मनोजकुमार शाहले जानकारी दिए । शिशुको तौल २.३ किलोग्राम रहेको उनले बताए ।
२९ वर्षीया ती महिलाको घर झापाको बिर्तामोड हो । गर्भवती महिलाको अप्रेशनमार्फत् डेलिभरी भएको उनले जानकारी दिए । उनले छोरीको जन्म दिएकी हुन् । उनको बिहीबार बिहान ११ः२० बजे अप्रेशनमार्फत् डेलिभरि गरिएको हो ।
उनलाई असोज १२ गते संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानमा उनलाई १४ गते भर्ना गरिएको थियो । डा. मनोजकुमार साह, डा.अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा.जगदप्रसाद, डा.सहज पौडेल र नर्स गोमाको टिमले डेलिभरी गराएको हो ।
प्रतिष्ठानको कोभिड अस्पतालमा यसअघि २० वर्षीय युवतीको नर्मल डेलिभरीमार्फत् बच्चाको जन्म दिएकी थिइन् । ती युवती विराटनगर महानगरपालिका २ की रहेकी हुन् । त्यतिबेला बच्चाको तौल २.८ किलो ग्राम रहेको थियो ।

प्रकाशित मिति: असोज १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend