Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ६९ संक्रमित थपिए

हाम्रो कोशी आवाज
असोज १७ २०७७, शनिबार
धरानमा ६९ संक्रमित थपिए

धरानः धरानमा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनहुँजसो संक्रमित थपिएका थपियै छन् ।
धरानमा शुक्रबार ६९ जनामा कोरोना पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा पञ्मुख उमेश मेहताले सर्वसाधारण, विभिन्न कार्यालयका कर्मचारीसहित यतिका संख्यामा संक्रमित बढेका हुन् ।
संक्रमित हुनेहरूमा अनुसन्धानका वरिष्ठ कर्मचारी, वकिल, उपमहानगरपालिकाका ७ जना कर्मचारी, २ जना जनप्रतिनिधिलगायत सर्वसाधारणमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एन्फा क्वारेन्टाइनस्थलमा मा स्वाब संकलन गरिएकाहरुमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
कतिपय संक्रमितमा रुघा लाग्ने, ज्वरो आउने छ भने कतिपयमा केही लक्षण छैन । ‘धेरैमा हल्काफुल्का ज्वरो छ, अन्यमा केही लक्षण छैन ।’ उनले भने । संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमै रहेको उनले जानकारी दिए ।
‘धरानमा लकडाउन खुल्यो, कोरोना भुल्यो’
सर्वसाधारणले लकडाउन खुलेपछि हेलचेक्रयाइँ गरिदिँदा यो अवस्था आएको उनले बताए । ‘दिनहुँजसो संक्रमित बढिरहेका छन्, अझै बढ्छ, किनभने मानिस सतर्कता अपनाउँदैनन्, सचेत छैनन्, जहीँतहीँ बजारमा भीडभाड छ । भनौं, लकडाउन खुल्यो, कोरोना भुल्यो गरेपछि यस्तो अवस्था आएको हो ।’ उनले थपे, ‘आत्तिएर हुँदैन, सतर्कचाहिँ बन्नुपर्छ ।’

प्रकाशित मिति: असोज १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend